वि.सं. २०८३ साल वैशाख १० गते बिहिवार, नेपाल संवत् ११४६ वछलाथ्व, इस्वि संवत् २३ अप्रिल २०२६, चान्द्रमान अनुसार वैशाख शुक्ल पक्षको सप्तमी राति १ः४८ सम्म उप्रान्त अष्टमी, पुनर्वसु नक्षत्र राति १ः४७ बजेसम्म उप्रान्त तिष्य, सुकर्मा योग, गर करण, आनन्दादिमा सिद्धि योग,, चन्द्रमा राति ८ः०७ सम्म मिथुन राशिमा उप्रान्त कर्कट राशिमा, सूर्योदय बिहान ५ः३४ बजे, सूर्यास्त बेलुका ६ः३२ बजे, दिनमान ३२ः२६ घ.प.
आज गंगाको उत्पत्ति भएकोले गंगासप्तमी मनाइन्छ । भोलि अष्टमी व्रत तथा गोरखकाली पूजा गरिन्छ ।
राशिफल
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ० आजको दिन तपाईंका लागि मध्यम रहनेछ। काममा केही ढिलासुस्ती हुन सक्छ, तर धैर्य राख्नुहोला। टाउको दुख्ने वा आँखामा समस्या देखिन सक्ने भएकाले स्वास्थ्यको ख्याल गर्नुहोला। विद्यार्थीहरूका लागि अध्ययनमा रुचि बढ्नेछ।
वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० आज तपाईंको मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा राम्रो आम्दानी हुने योग छ। लामो समयदेखि भेट नभएका साथीभाइसँग भेटघाट हुनाले पुराना यादहरू ताजा हुनेछन्। नयाँ लुगा वा गहना खरिद गर्ने योजना बन्न सक्छ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा० प्रतिस्पर्धामा तपाईंको जित हुनेछ। रोकिएका मुद्दा मामिलामा तपाईंको पक्षमा निर्णय आउन सक्छ। खर्च बढे पनि आम्दानीको स्रोत निरन्तर रहनेछ। मामाघर पक्षबाट सहयोग वा सुखद समाचार मिल्ने सम्भावना छ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, म्भ्, डो० आजको दिन सिर्जनात्मक काममा बित्नेछ। प्रेम सम्बन्धमा रहेकाहरूका लागि दिन निकै रोमान्टिक रहनेछ। सन्तानको प्रगतिले वैचारिक सन्तुष्टि मिल्नेछ। शेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने सावधानी अपनाउनु होला।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे० पारिवारिक किचलोले गर्दा मन केही उदास हुन सक्छ। घरमा अतिथिको आगमनले व्यस्तता बढ्नेछ। सवारी साधन चलाउँदा विशेष ध्यान दिनुहोला। जग्गा जमिनको कारोबारमा कागजी प्रक्रिया मिलाउँदा सजग रहनुहोला।
कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० आज तपाईंको पराक्रम बढ्नेछ। सानातिना यात्राबाट लाभ मिल्नेछ। दाजुभाइ र छिमेकीसँगको सम्बन्ध सुधारिनेछ। लेखन वा सञ्चार क्षेत्रमा आबद्ध व्यक्तिहरूका लागि आजको दिन निकै सफल रहनेछ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते० आर्थिक लाभ हुने राम्रो दिन छ। बचत बढाउने अवसर मिल्नेछ। परिवारमा मांगलिक कार्यको चर्चा चल्न सक्छ। मिठो बोलीको कारण अरूलाई सजिलै प्रभावमा पार्न सकिनेछ।
वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० आज तपाईंको आत्मविश्वास उच्च रहनेछ। अधुरा कामहरू पूरा हुनेछन्। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ जसले भविष्यमा फाइदा पुर्याउनेछ। स्वास्थ्य राम्रो रहनेछ र उत्साहका साथ काममा लाग्नुहुनेछ।
धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० अनपेक्षित खर्चले आर्थिक सन्तुलन बिग्रन सक्छ। केही मानसिक तनाव महसुस हुन सक्छ। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा भने सफलता मिल्नेछ। बेलुकापख धार्मिक कार्यमा मन जानेछ।
मकर ९भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि० आजको दिन आम्दानीका नयाँ बाटाहरू खुल्नेछन्। सरकारी क्षेत्रबाट काम बन्ने योग छ। पुराना साथीभाइको सहयोगले ठूलो योजना सफल हुन सक्छ। घरपरिवारमा सुखद वातावरण रहनेछ।
कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा०
सरकारी वा सामाजिक क्षेत्रमा तपाईंको मान(सम्मान बढ्नेछ। नोकरीमा पदोन्नतिको सम्भावना छ। बुबा वा पितृ समान व्यक्तिको सल्लाहले जीवनमा सकारात्मक परिवर्तन आउनेछ। कर्मक्षेत्रमा सक्रिय रहनुहोला।
मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० भाग्यले पूर्ण साथ दिनेछ। रोकिएका कामहरू ईश्वरीय कृपाले सम्पन्न हुनेछन्। धर्म(कर्म र परोपकारमा रुचि बढ्नेछ। टाढाको तीर्थयात्रा वा वैदेशिक यात्राको योग बलियो छ।
आज बिहान देखि भोलि बिहानसम्म जन्मिने बालबालिकाहरुको नाम तल दिइएको नक्षत्रको चरण अनुसार राख्नुपर्छ
बिहान ३ः१३ देखि बिहान ८ः५१ सम्म पनुर्वसु १ के, (केशव, केशलक्ष्मी)
बिहान ८ः५२ देखि दिउँसो २ः३० सम्म पनुर्वसु २ को, (कोषराज, कौशल्या)
दिउँसो २ः३० देखि राति ८ः०९ सम्म पनुर्वसु ३ हा, (हरि, हारती)
राति ८ः१० देखि राति १ः४७ सम्म पुनर्वसु ४ हि, (हितमान, हिमानी)
आज विशेष कामकाज तथा टाढाको यात्राका लागि पश्चिम तर्फ फर्केर साइत वा कार्यारम्भ गर्नु शुभ हुनेछ.
राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।