आज वैशाख १५ गते मंगलवार : तपाईंको राशिले के भन्छ ? जान्नुहोस् आजको भाग्यफल

आज वि.सं. २०८३ साल वैशाख १५ गते मंगलवार, नेपाल संवत् ११४६ वछलाथ्व, इस्वि संवत् २८ अप्रिल २०२६, चान्द्रमान अनुसार वैशाख शुक्ल पक्षको द्वादशी  चन्द्रमा कन्या राशिमा, सूर्योदय बिहान ५ः२९ बजे हुनेछ भने सूर्यास्त बेलुका ६ः३५ बजे हुने छ। आज कोकाकोशीको संगममा मत्स्य दर्शन गरिन्छ ।

 मेष
आजको दिन तपाईंका लागि ऊर्जावान् रहनेछ। रोकिएका सरकारी कामहरू बन्ने सम्भावना छ। विद्यार्थी वर्गका लागि अध्ययनमा अभिरुचि बढ्नेछ। सन्तान पक्षबाट सुखद समाचार प्राप्त हुनाले मन प्रसन्न रहनेछ। प्रेम जीवनमा नयाँपन आउनेछ।
 वृष
आज पारिवारिक सुख(सुविधामा खर्च बढ्न सक्छ। घरजग्गा वा सवारी साधनको खरिद(बिक्रीको योग छ। आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। कार्यक्षेत्रमा केही मानसिक दबाब महसुस भए पनि साँझसम्म परिस्थिति अनुकूल हुनेछ।
 मिथुन
आज तपाईंको पराक्रम र हिम्मत बढ्नेछ। छोटो दुरीको लाभदायक यात्रा हुन सक्छ। दाजुभाइ र सहयोगीहरूको साथले नयाँ व्यवसायिक योजना अगाडि बढ्नेछ। सामाजिक सञ्जाल वा सञ्चार क्षेत्रमा आवद्ध व्यक्तिहरूका लागि विशेष लाभको दिन छ।
 कर्कट
आर्थिक दृष्टिकोणले आजको दिन सबल छ। सञ्चित धनमा वृद्धि हुनेछ र पुरानो उधारो फिर्ता हुन सक्छ। बोलीको प्रभावले बिग्रिएका सम्बन्धहरू सुध्रिनेछन्। तर, खानपानमा नियन्त्रण नगर्दा स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।
 सिंह
चन्द्रमा आफ्नै राशिमा रहेकाले आज तपाईंको आत्मविश्वास उच्च रहनेछ। नयाँ कार्यको थालनी गर्नका लागि यो उत्तम समय हो। मान(सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। जीवनसाथीसँगको सम्बन्ध प्रगाढ रहनेछ। स्वास्थ्य राम्रो रहनेछ।
 कन्या
आज खर्चको मात्रा केही बढ्न सक्छ। वैदेशिक यात्रा वा वैदेशिक व्यापारमा रहेकाहरूका लागि भने समय फलदायी छ। आँखा वा टाउको दुखाइको समस्याले सताउन सक्छ। विवादबाट टाढै रहनु र धैर्यता अपनाउनु बुद्धिमानी हुनेछ।
 तुला
आज आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। मित्रजन र दाजुभाइबाट ठूलो सहयोग प्राप्त हुनेछ। रोकिएका कामहरू सहजै सम्पन्न हुनेछन्। शेयर बजार वा चिठ्ठाजन्य क्षेत्रमा आज सामान्य लाभको योग देखिन्छ।
 वृश्चिक
कार्यक्षेत्रमा तपाईंको प्रभुत्व बढ्नेछ। नयाँ पदभार वा जिम्मेवारी प्राप्त हुने सम्भावना छ। पिता वा पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। राजनीति र समाजसेवामा लाग्नेहरूका लागि आजको दिन निकै महत्वपूर्ण रहनेछ।
 धनु
भाग्यले साथ दिनेछ। रोकिएका धार्मिक वा मांगलिक कार्यहरू अगाडि बढ्नेछन्। उच्च शिक्षाका लागि विदेश जान चाहनेहरूका लागि सुखद समाचार प्राप्त हुन सक्छ। गुरुजनको आशीर्वादले काममा सफलता मिल्नेछ।
 मकर
आज अलि सावधानी अपनाउनु पर्ने देखिन्छ। अचानक स्वास्थ्यमा समस्या आउन सक्छ। गोप्य शत्रुहरू सक्रिय हुन सक्छन्, त्यसैले आफ्ना योजनाहरू गोप्य राख्नुहोला। आर्थिक लेनदेनमा पनि जोखिम नलिनुहोला।
 कुम्भ
व्यापारिक साझेदारीबाट राम्रो मुनाफा हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। नयाँ व्यावसायिक सम्झौता हुन सक्छ। विपरीत लिङ्गी मित्रबाट विशेष सहयोग प्राप्त हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ।
 मीन
आज प्रतिस्पर्धीहरूमाथि तपाईंको विजय हुनेछ। ऋण वा मुद्दा(मामिलामा सफलता मिल्नेछ। रोकिएका कामहरूमा गति आउनेछ। मामाघर पक्षबाट सहयोग मिल्ने योग छ। स्वास्थ्यमा सुधार आउनेछ।

राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।

-बलराम गुरूमा प्रकाशित कुनै पनि सामग्री अनुमति बिना कपि गर्न कडाइका साथ निषेध गरिएको छ। उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिनेछ।